आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

शनिबार, १८ वैशाख २०७८, ११ : २४
शनिबार, १८ वैशाख २०७८

कर्णाली प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुबै जना सुर्खेतका रहेको र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।  

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीय महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुष रहेका छन् । 

वीरेन्द्रनगरकी त्यी महिलाको शुक्रबार  साँझ ७ बजे मृत्यु भएको हो भने  गुर्भाकोटका पुरुषको शनिबार बिहान मृत्यु भएको  प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप