बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोनाले ल्याइन् ‘सोच बेलैमा’

शनिबार, १८ वैशाख २०७८, १० : ५७
शनिबार, १८ वैशाख २०७८

काठमाडौँ । गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक भएको छ । गीतमा सोनालाई गायक विवेक सिंह ठकुरीले साथ दिएका छन् ।

संगीत प्रशिक्षक शशि विक्रम थापाको शब्द तथा संगीत रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । 

भिडियोमा गायक गायिका सोना र विवेकको अलवा गरिमा शर्मा, गोविन्द सिंह विष्टको अभिनय देख्न सकिन्छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाको यो गीत ‘मेरो माया’ एल्बममा समावेश गरिएको छ । 

उनले आउँदो दिनमा यस्ता गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । गम्भिर विस्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, सुरेन बसेलको कोरियोग्राफी रहेको छ । सानै देखि गीतसंगीतमा रुचि भएकी सोनाको यस अगाडि ‘मेरो मायाकरोडमा’ बोलको गीत चर्चामा रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप