शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘डाँडाको वर पिपल’को गीत सार्वजनिक

शनिबार, १८ वैशाख २०७८, १० : ५४
शनिबार, १८ वैशाख २०७८

 फिल्म ‘डाँडाको वर पिपल’को ‘रुन्छ नि मेरो मन’ गीत सार्वजनिक भएको छ । शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राईको स्वर छ ।

गीतमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मका निर्देशक शोभित बस्नेत हुन् । पारिवारिक कथामा बनेको फिल्म नवराज गिरीले निर्माण गरेका हुन् । 

फिल्ममा सुशान्त प्रजापतिको छायाँंकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्यान्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप