सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा निषेधाज्ञा जारी

शनिबार, १८ वैशाख २०७८, १० : ४८
शनिबार, १८ वैशाख २०७८

 कोरोना संक्रमित बढेपछि झापामा आइतबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले वैशाख १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । 
कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन । 

निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा निजी सवारी संचालन गर्न पाइनेछ भने औषधि तथा स्वास्थ्य सामाग्री बाहेकका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप