आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

शनिबार, १८ वैशाख २०७८, ०८ : ०४
शनिबार, १८ वैशाख २०७८

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

भने, देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ। 

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा  दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

यस्तै, आज राति प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप