बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हरप्रितले खतरनाक तीन ब्याट्सम्यानलाई निसाना बनाएपछि बेंग्लोर पराजित

शुक्रबार, १७ वैशाख २०७८, २३ : ४३
शुक्रबार, १७ वैशाख २०७८

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार हरप्रित ब्रारले रोयल च्यालेन्जर बेंग्लोरका तीन खतरनाक ब्याट्सम्यानलाई निसाना बनाएपछि पञ्जाव किङ्ग्सले सहज जित हासिल गरेको छ । जारी सिजनमा खराब फर्ममा रहेको पञ्जावले लय समात्दै बेंग्लोरलाई ३४ रनले पराजित गरेको हो ।

टस जितेर पहिला फिल्डिङ रोजेको बेंग्लोरले पञ्जावका ब्याट्सम्यानलाई रनको रफ्तारबाट रोक्न भने सकेन । बेंग्लोरका बलरमाथि हावी हुँदै पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७९ रन बनायो । पञ्जावका लागि कप्तान केएल राहुलले ५७ बलमै ९१ रन बनाए । यस्तै क्रिस गेलले २४ बलमा ४६ हरप्रित ब्रारले २५ रन बनाए ।

१८० रनको लक्ष्यसहित मैदानमा उत्रिएको बेंग्लोरका ब्याट्सम्यानलाई हरप्रितले सही समयमा निसाना बनाएर रनको रफ्तारमा ब्रेक लगाइदिए । उनले ११ औं ओभरमा चमत्कारपूर्ण प्रदर्शन गर्दै लगातार दुई बलमा दुई खतरनाक ब्याट्सम्यानलाई पवेलियन फर्काए । उनले विराट कोहली र ग्लेन म्याक्सवेललाई लगातार बलमा आउट गरेका हुन् ।

१३ औं ओभरमा उनले अर्का खतरनाक बलर एबी डेभिलियर्सलाई केएल राहुलको हातमा क्याच गराए । बेंग्लोरका लागि कोहलीले ३५, रजत पाटिदारले ३१ र हर्षल पटेलले ३१ रन बनाए ।पञ्जावका बलरको कसिलो प्रदर्शनका कारण बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रनमात्र बनाउन सक्यो ।

जितसँगै पञ्जावले अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं नम्बरमा पुगेको छ । बेंग्लोर भने तेस्रो स्थानमा कायम छ । सात खेल खेलिसकेको बेंग्लोरको यो दोस्रो पराजय हो भने समान खेलमा पञ्जावको भने यो तेस्रो जित हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप