शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेती अस्पतालमा तीन कोरोना सङ्क्रमितको मृत्यु

शुक्रबार, १७ वैशाख २०७८, २२ : ५२
शुक्रबार, १७ वैशाख २०७८

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरिया गाउँपालिका– ५ का ४० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अस्पतालको प्रयोगशालामा ३६६ को नमूना परीक्षण गर्दा १०४ मा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालमा ५७  कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । त्यसमध्ये नौ जना सघन उपचारकक्ष, तीन जना भेन्टिलेटरमा र ३५ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप