बेलायतमा कोरोनाबाट एकसातामा १३२ जनाको मृत्यु

लन्डन । बेलायतमा केहि समययता कोरोना संक्रमणका कारण हुने मृत्युमा निरन्तर कम हुँदै गएको छ। सरकारी तथ्याँकअनुसार पछिल्लो एक सातामा १३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो साताको तुलनामा मृतक संख्या १८.५ प्रतिशतले ह्रास आएको हो । बितेको २४ घन्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २७ हजार ५१७ पुगेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्या पनि अघिल्लो साताको तुलनामा यो साता १०.७ प्रतिशतले ह्रास आएको छ । पछिल्लो एक सातामा १५ हजार ५१४ जना संक्रमित भएका छन् । गएको २४ घन्टामा दुई हजार ३८१ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख १६ हजार ६२३ पुगेको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या ७४ हजार ३१५ छ भने ४२ लाख १४ हजार ७९१ संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्याँकमा उल्लेख छ । अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या १९६ रहेको छ ।
त्यस्तै, पछिल्लो तथ्याँकअनुसार १३२ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ४९७ मा झरेको छ ।
४ करोड ८७ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ८७ लाख ४८ हजार ९६२ डोज वितरण भएको छ । तीन करोड ४२ लाख १६ हजार ८७ जनाले खोपको पहिलो र एक करोड ४५ लाख ३२ हजार ८७५ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
इङ्ग्ल्यान्डमा ४० वर्ष उमेर पुगेकाहरूले पनि कोरोना विरुद्धको खोप बुक गर्न सक्ने नेशनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ । ४२ वर्ष माथिकालाई खोप वितरण गरिने घोषणा गरिएको तीन दिनपछि ४० वर्ष माथिकालाई पनि खोप दिन शुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन