शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा पेट्रोल पम्पमा लुटपाट

शुक्रबार, १७ वैशाख २०७८, २२ : ३६
शुक्रबार, १७ वैशाख २०७८

सर्लाही । सर्लाहीमा हातहतियारसहित आएका लुटेराहरूको एक समूहले पेट्रोल पम्पमा लुटपाट गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित  संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा आज अबेर साँझ लुटपाट भएको हो ।

पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरूले हवाई फायर गरी ४ लाख रुपैयाँ लुटेर भागेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले जानकारी दिए ।

उनले घटनाको अनुसन्धान र लुटपाट गरेर भाग्नेहरूको खोजी कार्य भइरहेको बताए । डकैती भएको करिब एक सय मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकी रहेको छ । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप