रौतहटमा सट्टेबाजी खेलाउने एक युवक पक्राउ
रौतहट । रौतहट प्रहरीले भारतीय क्रिकेट टुर्नामेन्ट (आइपिएल) मा लाखौंको सट्टेबाजी (अनलाईन जुवा सञ्चालन) गर्ने एक युवकलाई पक्राउ गरेको छ । लाखौंको सट्टाबाजी खेलाउने गौर नगरपालिका १ का दिनेश जयसवालको छोरा २६ वर्षीय सुधीर जयसवाल पक्राउ परेका हुन् । सदरमुकाम गौरस्थित युनिभर्सल मोबाइल एसोसिरिज सञ्चालक सुधीरलाई बिहीबार साँझ प्रहरीले मोबाइलसहित नियन्त्रणमा लिएको हो ।
उक्त मोबाइल चेकगर्दा उनले ४८ जनाको ग्रुप बनाएर सट्टाबाजी जुवा खेलाउने गरेको सूचना फेला परेको एसपी सिद्वीविक्रम साहले बताए । सो मोबाइल नम्बरबाट सेवा सञ्चालन गरेको स्टेटमेन्ट चेक गर्दा निजले १४ लाख ९४ हजार ९३७ र सनराईज बैंकको खाताबाट २ लाख ४४ हजार ७०३ गरि कुल १७ लाख ३९ हजार ६४० रुपैयाँ बराबरको जुवा सञ्चालन गरेको पाईएको एसपी शाहले जानकारी दिए ।
आरोपी जयसवालमाथि जुवा (सट्टाबाजी) अन्तरगत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी