कोरोना बिरामीको अवस्थामा बुझ्न मुख्यमन्त्री शाही अस्पतालमा
![कोरोना बिरामीको अवस्थामा बुझ्न मुख्यमन्त्री शाही अस्पतालमा](https://rpcdn.ratopati.com/media/albums/photo-_4_J30WF0NHgu.jpg)
सुर्खेत । पछिल्लो समय कर्णालीमा पनि कोरोनाको अवस्था भयावह बन्दै गएको छ । दैनिक सयौँ कोरोनाका बिरामी थपिनुका साथै दैनिक मान्छेको मृत्यु भइरहेको अवस्था छ । कर्णालीमा कोरोनाको अवस्था भयावह बन्दै गएपछि प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार साँझ बिरामी भेट्न अस्पतालमै पुगेका छन् । उनले प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड संक्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा जानकारी लिए । उनले अनुगमन पश्चात उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।
शाहीले कोभिड आइसोलेशन वार्डको निरीक्षण गर्नुका साथै अस्पतालका निर्देशक डा.डम्बर खड्का र कोरोना फोकल पर्सन डा.के एन पौडेलसँग छलफल समेत गरे । साथै उनले कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूको गुनासो एवं समस्याहरूको पनि जानकारी लिएका छन् । मन्त्रिपरिषद बैठक पश्चात आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित मुख्यमन्त्री शाही प्रदेश अस्पताल पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति
-
प्रचण्डसँगको भेटपछि खनालले भने– हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ
-
महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना
-
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज