प्रतिमालाई बेष्ट पेजेन्ट डाइरेक्टर अवार्ड

काठमाडौंँ । दर्जन बढी सौन्दर्य प्रतियोगिताकी निर्देशक प्रतिमा कार्कीले ‘बेष्ट फिमेल पेजेन्ट डाइरेक्टर अफ दि इयर’ को अवार्ड हात पारेकी छन् । हालै आयोजित नेपाल म्युजिक एण्ड फेसन अवार्डमा उनले सो सम्मान प्राप्त गरेकी हुन् ।
कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री, गायक सीताराम पोखरले लगायतले उनलाई उक्त अवार्ड प्रदान गरेका थिए । विगत ६ वर्षदेखि निरन्तर सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी कार्की अवार्डले आफ्नो काममा अझ दत्तचित भएर लाग्न प्रेरणा मिलेको बताउँछिन् ।
‘मिसेस नेपाल ग्याल्म’, ‘मिष्टर एण्ड मिस टिन इन्टरनेशनल’, ‘मिस एण्ड मिस्टर सि.ग्याल्म’, ‘मिस.सि.युनिभर्सल’ लगायतका सौन्दर्य प्रतियोगितामा आयोजक संस्था ग्ल्याम वल्ड इन्टरटेनमेन्टको सि.ई.ओ समेत रहेकी कार्कीले मिसेस नेपाल ग्ल्यामबाट नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउन सफल छिन् ।
भक्तपुर निवासी कार्की पेशाले कानून व्यवसायी हुन् । उचित अवसरको अभावमा रुमलिएका प्रतिभालाई अगाडि बढ्न सौन्दर्य प्रतियोगितामार्फत आफुले प्रयास गर्ने गरेको उनी बताउँछिन् । नेपालमा ग्ल्यामर क्षेत्रमा बढ्दै गएको आम युवा पुस्ताहरूको रुचीलाई मध्यनजर गर्दै आगामी दिनमा नेपाल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्ने समेत कार्कीको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन