बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धवलागिरी बेसक्याम्पमा हेलिकप्टरसहित मानव अवशेष फेला

शुक्रबार, १७ वैशाख २०७८, २१ : ३९
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । धवलागिरी हिमाल बेसक्याम्प क्षेत्रमा २ वटा मानव अवशेष फेला परेको छ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले बुधबार धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष फेला पारेको हो ।

टोलीले धवलागिरीकै इटाली बेस क्याम्पमा ९ एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष समेत फेला पारेको छ । सेनाको टोलीले मृतकहरुको पहिचान नखुलेकोले थप छानविन भैरहेको जनाएको छ । फेला परेको हेलिकप्टरको अवशेष भने एयर डाइनेष्टीको रहेको जनाइएको छ ।

उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको सफा हिमाल अभियान टोलीले जानकारी दिएको छ । सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्धेश्यले थालिएको सो अभियान वैशाख १२ गतेबाट सुरु भएको हो । अभियान टोलीले अहिलेसम्म सो क्षेत्रमा ५, १५४ केजी फोहोर संकलन गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप