विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी

विराटनगर । कोराना संक्रमणको दर उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा गरिएको बताए ।
उनले विराटनगर महानगरपालिका,बुढीगंगा गाउँपालिका,जहदाँ गाउँपालिका तथा कटहरी गाउँपालिकाको १, २ ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको बताए । कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।
शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बस्त्र बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए । सवारी साधनलाई पूर्ण रुपमा आवातजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल विहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको बताए ।
‘सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द हुनेछ,’ रातोपाटीसँग निरौलाले भने, ‘अवस्था अनुसार थप निर्णय हुनेछ । कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू