शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी

शुक्रबार, १७ वैशाख २०७८, २१ : ३०
शुक्रबार, १७ वैशाख २०७८

विराटनगर । कोराना संक्रमणको दर उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले  शनिबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा गरिएको बताए ।

उनले विराटनगर महानगरपालिका,बुढीगंगा गाउँपालिका,जहदाँ गाउँपालिका तथा कटहरी गाउँपालिकाको १, २ ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको बताए । कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बस्त्र बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए । सवारी साधनलाई पूर्ण रुपमा आवातजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल विहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको बताए ।

‘सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द हुनेछ,’ रातोपाटीसँग निरौलाले भने, ‘अवस्था अनुसार थप निर्णय हुनेछ । कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप