नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिशन (प्राप्ति) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको हो ।
बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।
प्राप्ति पछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने र समयमै स्वीकृती पाएमा यथाशिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्ने बताइएको छ ।
सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धि भइ ३७ हुनेछ । बैंकको एटीएम संख्या भने १९० हुनेछ । निक्षेपको आँकडा २१६ अर्ब हुनेछ भने कर्जाको आँकडा २०१ अर्ब हुनेछ । यसपश्चात् नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आँकडा २ खर्ब माथि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय