बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा खाद्यान्नको सहज आपूर्ति व्यवस्था मिलाउन माग

शुक्रबार, १७ वैशाख २०७८, १६ : ५५
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । कोभिड–१९ को तीव्र संक्रमणकाबीच सरकारले घोषणा गरेको निषेधाज्ञामा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन गर्न खाद्यका लागि कृषि अभियानले सरोकार पक्षहरुको ध्यानाकर्षण गराएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अभियानले नेपाल जस्तो परनिर्भर मुलुकमा संकटको समयमा मुलुकमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकार र सरोकार दुवै पक्षलाई आग्रह गरेको हो ।

यस्तो समयमा बढी निम्नस्तरका उपभोक्ताहरु श्रमिक, महिला, श्रमजीवी साना किसान, सहरी श्रमिक र सडक पेटीमा बस्ने मानिस, भूमिहीन, दलित, आदिबासी, बालबालिका, वृद्ध र दीर्घरोगीलाई विशेष प्राथमिकतामा राख्न अभियानले सरकारसँग माग गरेको छ ।

सो अवसरमा सुरक्षित र प्रभावकारी सेवा परिपूर्तिका लागि विशेष रणनीति अपनाउन समेत अभियानले सरकार र सरोकारवाला दुबै पक्षलाई सुझाएको छ ।

यस्तो छ सुझाव :

श्रमिकलाई रोजगारदाता या सरकार मार्फत खानेकुरा वा नगद साझेदारी गर्ने । अनौपचारिक क्षेत्रका श्रमिकलाई र अन्य खानेकुराको अभाव झेलिरहेका समुदायलाई ठाउँठाउँमा स्थानीय सरकारहरुको सुपरिवेक्षणमा स्वयंसेवी संस्था मार्फत भण्डाराहरु संचालन गर्ने बन्दोबस्त मिलाउने,

गतवर्षको अनुभवबाट सिक्दै किसानले खेतीपाती कामलाई अत्यावश्यक सेवाको रुपमा लिदै सहजतापूर्वक हिँड्डुल दिने, किसानका बारीमा फलेका तरकारी लगायत अन्य उपजलाई संकलन र स्थानीय बजारसम्म पु¥याउन तत्कालै सरकारले गाडीको बन्दोबस्त मिलाउने र निजी गाडी सन्चालनमा भाडामा सहुलियत दिने, खाद्यान्न उत्पादनमा सहजीकरण गर्ने, श्रमिक किसानहरुका लागि तत्कालका लागि खाद्यान्नको प्रवन्ध गर्ने,

स्थानीय सरकारलाई प्रभावकारी रुपमा परिचालन गर्ने र सबै स्थानीय सरकारले आफ्नो खानेकुरा र खेतिपातीको अवस्था चित्रण हुने श्वेतपत्र (अभिलेख) जारी गर्न सहजीकरण गर्न समेत अभियानले सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप