म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा
याङ्गुन । म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो । प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धबिरामको समयावधि लम्ब्याइएको उल्लेख छ ।
सेनाले कारबाही सम्बन्धी कामहरु नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरु भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएर शासन गर्न थालेको छ भने नेताहरुलाई बन्दी बनाइएको छ ।
सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । सेनाले लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेको भन्दै संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विश्वका धेरै देशहरुले विरोध जनाएका छन् ।
उनीहरुले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारलाई नै सत्ताको जिम्मेवारी दिन म्यानमारको सेनालाई सुझाव र दबाब पनि दिएका छन् । तर सेनाले भने गत निर्वाचनमा धाँधली भएकाले फेरि अर्को निर्वाचन गराउने भन्दै एक वर्षका लागि सत्ता हातमा लिएको स्पष्ट पारेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल