बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अञ्जलीको ‘आजीवन’ बन्ने सुधीरको चाहना

शुक्रबार, १७ वैशाख २०७८, १६ : ३१
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौंँ । गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वर रहेको लोकदोहोरी गीत ‘आजीवन’ सार्वजनिक भएको छ । एक प्रेम जोडीले प्रेमी प्रेमिका प्रति आफ्नो मनभित्र रहेको प्रेम व्यक्त गरेको गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।

ईश्वर अर्यालको शब्द तथा प्रियाकुमारको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ । कोरस समेत प्रयोग गरेर तयार गरिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफी मौसम हिमालको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप