सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

शुक्रबार, १७ वैशाख २०७८, १६ : २५
शुक्रबार, १७ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिए पछि मुस्ताङ जिल्ला अस्पतालमा भर्ना गरिएकी धरजोङ गाउँपालिका ४ की ७२ वर्षीय महिलाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल मुस्ताङमा भर्ना गरिएकी महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनलाई बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उच्च रक्तचाप र चिनी रोग लगायतको दीर्घरोगी भएको डा.शर्माले बताए ।  गण्डकी प्रदेशका मुस्ताङ र मनाङ जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको थिएन । मुस्ताङ कोरोनाबाट मृत्यु भएको यो नै पहिलो घट्ना हो ।

यसअघि गण्डकी प्रदेशमा आजै २ जनाको मृत्यु भएको छ । पोखराकी एक महिला र स्याङ्जाका एक पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ३८८ पुगेको छ । तीमध्ये १६ हजार ८१० जना निको भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप