कोरोना पोजेटिभ रणधीर कपुर आइसीयूमा सारिए
कोरोनाभाइरसको दोस्रो लहर थप खतरनाक हुँदै गइरहेको छ । यसले थुप्रैलाई आफ्नो चपेटमा पारेको छ । अब बलिउड अभिनेता रणधीर कपुर पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् र अस्पतालमा भर्ना भएका छन् । एक नजिकको स्रोतलाई उद्धृत गर्दै एक भारतीय सञ्चार माध्यमले अन्य परीक्षणका लागि उनलाई आइसीयूमा सारिएको जानकारी दिएको छ । अभिनेता यतिबेला मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।
आइसीयूमा सारिएः
शुक्रबार रणधीर कपुरले ई टाइम्सलाई दिएको अन्तर्वार्तामा भने, ‘मलाई कोकिलाबेन अस्पतालको आइसीयू वार्डमा सिफ्ट गरिएको छ जहाँ मेरो परीक्षण गरिनेछ । अस्पतालमा मेरो निकै राम्रो तरिकाले हेरविचार गरिँदै छ र यसका लागि म टिना अम्बानीलाई धन्यवाद दिन चाहन्छु । सबैकुरा नियन्त्रणमा छ । यहाँ मेरो निकै राम्रोसँग हेरविचार गरिँदै छ । म जतिबेला पनि डाक्टरले घेरिएको अवस्थामा छु ।’
यो लक्षणपछि गराएका थिए कोभिड परीक्षणः
नायकले आफू निकै काँप्न थालेपछि कोभिडको परीक्षण गरेको बताएका थिए । उनलाई हल्का ज्वरो पनि थियो तर अब ज्वरो निको भइसकेको छ । उनको हालको स्वास्थ्य स्थिति स्थिर रहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइन्छ ।
५ कर्मचारी पनि कोरोना पोजेटिभः
अभिनेता २९ अप्रिल (बिहिबार) कोरोनाद्वारा पोजेटिभ पाइएका छन् । त्यसपछि नै उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । उनले भने, ‘म कसरी संक्रमित भएँ, यसबारे फिटिक्कै पत्ता लाग्न सकेको छैन । म चकित छु । म यो पनि बताउन चाहन्छु कि मेरो कर्मचारीका ५ अन्य सदस्य पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । मसँगै उनीहरु पनि यसै अस्पतालमा भर्ना छन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र