बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको मतदानस्थल तोकियो

शुक्रबार, १७ वैशाख २०७८, २२ : ००
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र(ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।

त्यस्तै आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप