काभ्रेमा बन्दै बेनिशाको ‘प्रेमगञ्ज’
काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि काभ्रेमा लकडाउन नभएकोले फिल्मको छायाँकन भैरहेको हो । अझै केही साता फिल्मको छायाँकन काभ्रेमा गरिने अभिनेत्री बेनिशाले बताइन् ।
‘हामी फिल्म छायाँकनका लागि काभ्रेको निकै विकट स्थानमा आएका छौ’ हमालले भनिन्, ‘यहाँ लकडाउन र कोरोना केहीको पनि प्रभाव छैन । ढुक्कसँग फिल्म छायाँकन गर्न पाइएको छ ।’ अझै केही समय फिल्मको काभ्रेमै सुटिङ हुने बेनिशाले बताइन् । भनिन्, ‘कोरोनाको प्रभाव नभएपनि स्वस्थ्य मापदण्डमा रहेर फिल्मको छायाँकन भैरहेको छ ।’
परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा बेनिशाको अलवा तेज गिरीको समेत मुख्य भूमिका रहनेछ । तेजले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् । केही साता अगाडि छायाँकन सुरु भएको फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो । फिल्ममा सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकाललगायतको अभिनय रहनेछ । स्पटब्वाई राजु फुयाँलको निर्माण र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै