बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काभ्रेमा बन्दै बेनिशाको ‘प्रेमगञ्ज’

शुक्रबार, १७ वैशाख २०७८, १३ : ०६
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि  काभ्रेमा लकडाउन नभएकोले फिल्मको छायाँकन भैरहेको हो । अझै केही साता फिल्मको छायाँकन काभ्रेमा गरिने अभिनेत्री बेनिशाले बताइन् ।

‘हामी फिल्म छायाँकनका लागि काभ्रेको निकै विकट स्थानमा आएका छौ’ हमालले भनिन्, ‘यहाँ लकडाउन र कोरोना केहीको पनि प्रभाव छैन । ढुक्कसँग फिल्म छायाँकन गर्न पाइएको छ ।’ अझै केही समय फिल्मको काभ्रेमै सुटिङ हुने बेनिशाले बताइन् । भनिन्, ‘कोरोनाको प्रभाव नभएपनि स्वस्थ्य मापदण्डमा रहेर फिल्मको छायाँकन भैरहेको छ ।’ 

परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा बेनिशाको अलवा तेज गिरीको समेत मुख्य भूमिका रहनेछ । तेजले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् । केही साता अगाडि छायाँकन सुरु भएको फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो । फिल्ममा सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकाललगायतको अभिनय रहनेछ ।  स्पटब्वाई राजु फुयाँलको निर्माण र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप