शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रकरणले जसपाको केन्द्रमा कित्ताकाट !

चार सांसदलाई कारवाही गर्न क–कसले गरे हस्ताक्षर ?
शुक्रबार, १७ वैशाख २०७८, २२ : ०१
शुक्रबार, १७ वैशाख २०७८

जनता समाजवादी पार्टी नेपालको बैठकले लुम्बिनी प्रदेशका चार जना सांसदलाई गरेको कारवाही प्रकरणले पार्टीमा कित्ताकाटको स्पष्ट चित्र देखिन थालेको छ । प्रदेश सांसदहरुलाई कारवाही गर्ने विषयमा पार्टीको कार्यकारिणी समिति विभाजित देखिएको छ । पार्टीको कार्यकारिणी समितिमा रहेका ५१ जनामध्ये २६ जना सदस्यहरुले मात्र कारवाहीको पत्रमा हस्ताक्षर गरेका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले कारवाहीका लागि पठाएको पत्रमा पूर्व राजपा पक्षका नेताहरुको समेत हस्ताक्षर रहेको छ भने केही पूर्व समाजवादी पार्टीका नेताहरुले पत्रमा हस्ताक्षर गरेका छैनन् ।

यादवले पठाएको पत्रमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव, रमेशप्रसाद यादव र गज्जाधर यादवले समेत हस्ताक्षर गरेका छन् भने यादव पक्षका परशुराम खापुङ र हेमराज राईले हस्ताक्षर गरेका छैनन् ।

जसपा नेपाल लुम्बिनी प्रदेश र लुम्बिनी प्रदेश संसदीय दलको निर्णयविरुद्ध ह्वीप उल्लंघन गरेको तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ३ बमोजिम स्पष्टिकरण सोध्दा जवाफसमेत नदिएकोले प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालमाथि जसपा नेपाल प्रदेश समितिले केन्द्रीय कार्यकारिणी समितिको प्रत्यायोजित अधिकार बमोजिम कारवाही गरेको जसपा नेपालको निर्णयमा उल्लेख छ ।

राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ५ बमोजिम चारैजनाको प्रदेशसभाको सदस्य पद र पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरी निजहरुको प्रतिनिधित्व गरेको सम्बन्धित प्रदेशसभा सदस्य सीट रक्ति गर्न सिफारिससहित यस केन्द्रीय कार्यकारिणी समितिलाई अनुरोध गरेकोमा त्यो माग बमोजिम गर्न गराउन केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट सर्वसम्मतिले स्वीकृत गर्ने निर्णय गरेको निर्णयमा उल्लेख छ । 

क–कसले हस्ताक्षर गरेका छन् ?

१.जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई

२.जसपा अध्यक्ष उपेन्द्र यादव

३.जसपा वरिष्ठ नेता अशोकुमार राई

४.कार्यकारिणी सदस्य महेन्द्रराय यादव

५.कार्यकारिणी सदस्य रमेशप्रसाद यादव

६.कार्यकारिणी सदस्य गज्जाधर यादव

७.कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ

८.कार्यकारिणी सदस्य नवराज सुवेदी

९.कार्यकारिणी सदस्य युवराज कार्की

१०.कार्यकारिणी सदस्य रकम चेम्जोङ

११.कार्यकारिणी सदस्य रेणु कुमारी यादव

१२.कार्यकारिणी सदस्य लालबाबु राउत

१३.कार्यकारिणी सदस्य हिसिला यमी

१४.कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ

१५.कार्यकारिणी सदस्य रनध्वज लिम्बु

१६.कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादव

१७.कार्यकारिणी सदस्य डम्बर बल्लभ खतिवडा

१८.कार्यकारिणी सदस्य दानबहादुर विश्वकर्मा

१९.कार्यकारिणी सदस्य प्रकाश अधिकारी

२०.कार्यकारिणी सदस्य इस्तियाक राई

२१.कार्यकारिणी सदस्य दुर्गा छोभ

२२.कार्यकारिणी सदस्य परशुराम खापुङ

२३.कार्यकारिणी सदस्य प्रशान्त सिंह

२४.कार्यकारिणी सदस्य भक्तबहादुर साह

२५.कार्यकारिणी सदस्य सुशिल श्रेष्ठ

२६.कार्यकारिणी सदस्य विजयकुमार यादव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप