बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले खोस्यो हिन्दीका प्रसिद्ध गीतकार बेचैनको जीवन

शुक्रबार, १७ वैशाख २०७८, १२ : ४४
शुक्रबार, १७ वैशाख २०७८

हिन्दी भाषाका सुप्रसिद्ध गीतकार कुंवर बेचैनको निधन भएको छ ।  ७८ वर्षीय बेचैन कोरोना संक्रमित रहेका थिए।

कवि बेचैन १२ अप्रैलका दिन कोरोना संक्रमित भएको थाहा भएको थियो। उनको पत्नी पनि संक्रमित भएकी थिइन् ।

कोरोना संक्रमित कवि बेचैन  प्रारम्भमा  दिल्लीको लक्ष्मीनगरस्थित सूर्या अस्पतालमा भर्ना भएका थिए ।

पछि स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई आनन्दविहारको कोसमोस अस्पतालमा लागिएको थियो । तर यहाँ पनि भेन्टीलेटर अभाव भयो ।  उनको अक्सीजन स्तर ७० मा झरेपछि लोकप्रिय कवि कुमार विश्वासको अथक प्रयासले नोयडाका सांसद महेश शर्माको सिफारिशमा उनलाई नोयडाको कैलाश अस्पताल लागिएको थियो ।

बिहीबार कवि कुमार विश्वासले ट्वीट गर्दै उनको मृत्युको जानकारी दिए ।  उनले ट्वीटमा लेखे - कोरोनासँग चलिरहेको युद्धबाट  भीषण दुखद समाचार आएको छ ।  मेरा कक्षा गुरु, मेरा शोध आचार्य, मेरा काका, हिन्दी गीतका राजकुमार, अनगिन्ती शिष्यको जीवनलाई प्रकाशित गर्ने डाक्टर कुंवर बेचैनले केही मिनेट अघि ईश्वरको सुरलोकतिर प्रस्थान गर्नु भएको छ । कोरोनाले मेरो मनको एउटा 'कोना' (कुनो )  मारी दिएको छ ।'

बेचैन उत्तरप्रदेश राज्यको मुरादाबाद जिल्लाको उमरी गाउँका बासिन्दा थिए।  उनले कविता, गीत, गजल र उपन्यास विधामा कलम चलाएका थिए ।  कुंवर बेचैन उनको साहित्यिक नाम थियो ।  उनको वास्तविक नाम भने डाक्टर कुंवर बहादुर सक्सेना थियो । अनेकन भारतीय कवि - साहित्यकारले उनको निधनमा दुःख प्रकट गर्दै अपूरणीय क्षति भएको भनेका छन् ।

'पिन बहुत सारे' , 'भीतर साँकलः बाहर साँकल', 'उर्वशी हो तुम, झुलसो मत मोरपंख', 'एक दीप चौमुखी, नदी पसीने की', 'दिन दिवंगत हुए',  शामियाने काँच के', 'महावर इंतज़ारों का', 'रस्सियाँ पानी की', 'पत्थर की बाँसुरी', 'दीवारों पर दस्तक ', 'नाव बनता हुआ काग़ज़', 'आग पर कंदील', 'नदी तुम रुक क्यों गई', 'शब्दः एक लालटेन', पाँचाली (महाकाव्य) जस्ता उनका अनेको कृति प्रकाशित रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप