बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुरुषको हिमोग्लोबिन १४ र महिलाको १२ भन्दा कम छ भने प्रतिरोधी क्षमता कमजोरः यसरी बढाउनुहोस् इम्युनिटी

शुक्रबार, १७ वैशाख २०७८, १२ : १२
शुक्रबार, १७ वैशाख २०७८

कोरोनाकालमा मानिसहरुले सम्भवतः सबैभन्दा बढी चर्चामा रहेको शब्द हो – इम्युनिटी । इम्युनिटी अर्थात् प्रतिरोधी क्षमता । सबै आफ्नो प्रतिरोधी क्षमताको स्तरबारे थाहा पाउन  चाहन्छन् र यसलाई कसरी बढाउने भनेर चर्चा परिचर्चा गर्न थालेका छन् । यसै विषयमा एक भारतीय सञ्चार माध्यमले भारतको इन्द्रप्रस्थ अपालो अस्पतालको इन्टरनेल मेडिसिनमा सिनियर कन्सल्टेन्ट डा. तरुण साहनीसँग कुराकानी गरेर एउटा रिपोर्ट तयार पारेको छ । जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

इम्युनिटीको सही अर्थ के हो ?

मानव शरीरमा विभिन्न प्रकारका भाइरस र ब्याक्टेरिया हुन्छन् । केही शरीरका लागि फाइदाजनक हुन्छन् भने कतिले हानी पनि गर्छन् । इम्युनिटी एउटा यस्तो तत्व हो जसले शरीरमा रोग प्रतिरोधी क्षमता विकसित गर्छ, शरीर भित्रको भाइरससँग लड्ने शक्ति पैदा गर्छ, त्यसैलाई इम्युनिटी भनिन्छ ।

व्यक्तिको इम्युनिटी स्तर थाहा पाउने केही तरिका छ ?

भिन्न रोगप्रति इम्युनिटी परीक्षणका लागि भिन्न–भिन्न परीक्षणको आवश्यकता हुन्छ । कोरोनाको केसमा आईजीजी एन्टीबडी टेस्टमार्फत् प्रतिरोधी क्षमताबारे थाहा हुन्छ । सामान्य रुपमा हिमोग्लोबिनको स्तरबाट प्रतिरोधीबारे पत्ता लगाउन सकिन्छ । हिमोग्लोबिनको आदर्श स्तर पुरुषमा १६ र महिलामा १४ हुने गर्छ । यदि पुरुषमा हिमोग्लोबिन १६ र महिलामा १४ भन्दा कम छ भने इम्युनिटी कमजोर छ भनेर बुझ्न सकिन्छ ।

के कुनै व्यक्तिको प्रतिरोधी क्षमता केही दिनमा नै बढाउन सकिन्छ ?

हुन्छ तर प्रतिरोधी बढाउने कृत्रिम तरिका स्थायी हुँदैन । औषधी र राम्रो खानपिनले केही दिनमा नै प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।

बच्चामा प्रतिरोधी क्षमता बढी हुन्छ भनिएको छ, के यो साँचो हो ? यदि हो भने यस्तो किन हुन्छ ?

बच्चामा प्रतिरोधी क्षमता बढी हुन्छ, यो साँचो हो । तर बच्चालाई संक्रमण हुँदैन भन्ने होइन । बच्चाले विभिन्न प्रकारको संक्रमण रिसिभ गर्न पाउँदैनन्, त्यसैले सुरक्षित रहन्छन् ।

बजारमा हरेक उत्पादनले इम्युनिटी बढाउने भनेर बेचिँदै छ, यसमा कत्तिको वास्तविकता छ ?

बजारमा यस्ता केही उत्पादन पक्कै पाइन्छ जुन फूड सप्लिमेन्टको रुपमा राम्रो हुन्छ र यसैमार्फत् इम्युनिटी बुस्ट पनि हुन्छ । तर सत्यता परीक्षण गर्नु निकै आवश्यक छ जुन हरेकपटक सम्भव हुँदैन । त्यसैले प्रतिरोधी क्षमता बढाउनका लागि चना, मुगी, दाल, हरियो सागसब्जी र दुधको सेवन नै बढी प्रभावकारी हुन्छ । प्रतिरोधी क्षमता बढाउनका लागि केरा र सिट्रस फ्रुट जस्तै सुन्तला, भुइँकटहर आदिको सेवन गर्नुपर्छ । तातो पानीसँग कागतीको रस पनि राम्रो हुन्छ । लसुनले पनि प्रतिरोधी क्षमता बढाउने काम गर्छ । ड्राइ फ्रुटमा बदाम, किसमिस र छोगडा खान सक्नुहुन्छ ।

खानपिनले मात्रै प्रतिरोधी क्षमता सुधार्न सकिन्छ ?

 खानपिनले मात्रै प्रतिरोधी क्षमतामा सुधार हुँदैन । सकारात्मक सोच, नियमति व्यायाम, ७–८ घण्टाको गहिरो निद्रा लिनुपर्ने हुन्छ । तनाव घटाउनु पर्नेछ । यसका साथै पौष्टिक आहारले पनि प्रतिरोधी क्षमतामा सुधार आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप