केन्द्रीय संस्करण

प्रेरक प्रसङ्ग :  देवराज इन्द्रलाई दण्ड

person explore access_timeबैशाख १७, २०७८ chat_bubble_outline0

परापूर्व कालको कुरा हो । एकपटक गुरु वृहस्पतिले छाडिदिएकाले देवराज इन्द्रले गुरुको स्थानमा विश्वरुप ब्राह्मणलाई वरण गरेका थिए । विश्वरुप सर्वहितैषी थिए । उनका निम्ति आफ्नो र पराई भन्ने नै थिएन । कमिलादेखि हात्तीसम्म र देवतादेखि दानवसम्म सबैलाई यथोचित सम्झना र सम्मान गर्थे । हरेक दिन बिहान उठ्ने बित्तिकै देवता, पितृ, ऋषि, महर्षि, मानव, दानव लगायत सम्पूर्ण चराचर प्राणीहरूलाई पूजा, तर्पण, सम्झना, वन्दना गरी तृप्त पारेर मात्र बाहिर निस्कने बानी थियो उनको । 

एक दिन कुनै कारणवश देवसभामा आउन ढिलो भयो उनलाई । समय घर्किसक्दा पनि गुरु आइनपुगेपछि इन्द्रले यसको कारण बुझेर आउन एक जना दूत पठाए । जतिबेला दूत उनको आश्रममा पुगेका थिए त्यतिबेला उनी दानवहरूको नाममा तर्पण दिरहेका थिए । दूतले गएर सोही कुरा बताए इन्द्रलाई । दूतको मुखबाट आफ्ना शत्रुहरूलाई समेत तर्पण दिएको कुरा सुनेपछि देवराज इन्द्र निकै रिसाए । मनमनै मेरो गुरुको पदमा रहेर मेरै शत्रुलाई तर्पण गरी पुष्ट पार्ने काम गर्छन् भने यिनलाई दण्ड दिनैपर्छ भन्ने सोच बनाएर बसे । 

जब विश्वरुप आफ्नो नित्य कर्म सकी देवसभामा पुगे तब इन्द्रले एक शब्दसम्म नसोधी बज्र हानेर उनको ज्यान लिदिए । उनले सोचेका थिए देवताका राजा हुँ जे पनि गर्न सक्छु तर सँधै भनेको जस्तो कहाँ हुन्थ्यो । जस्तो कर्म गरिन्छ त्यस्तै फल भोग्नुपर्ने प्रकृतिको सामान्य नियमलाई समेत बदल्न सकेनन् । यसैका कारण उनलाई गुरुहत्याको पाप लाग्यो, जसलाई मोचन गर्न राजपाट त्यागी हजारौँ वर्षसम्म मानसरोवर तलाउमा लुकेर बस्नुप-यो ।  

 प्रस्तुति रातोपाटी डेस्क
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.