सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

६ देशका यात्रुहरूलाई कतार प्रवेशमा लाग्ने छ नयाँ मापदण्ड

शुक्रबार, १७ वैशाख २०७८, १२ : ०६
शुक्रबार, १७ वैशाख २०७८

दोहा । कतार राज्यले ६ देशहरू बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, र श्रीलंकाबाट जाने यात्रुहरूलाई प्रवेशका लागि नयाँ मापदण्ड तोकेको छ । जसअन्तर्गत यी देशहरूका यात्रीहरूले १० दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ । 

तत्कालको यस मापदण्डका कारण कतारले सबै देशका यात्रीहरूको अप्रिल २९ देखिका होटल बुकिङ रद्द गर्ने भएको छ । बुकिङ भएका सबैले पुनः बुकिङ गर्नु पर्नेछ ।

कम्पनीले रद्द भएका सबै बुकिङको पूरा रकम फिर्ता गर्दै पुष्टिका लागि इमेल गर्ने जनाएको छ । जसमा देश अनुसारका ग्राहकलाई पुनः बुकिङ प्रक्रियाबारे जानकारी पनि गराउने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप