बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तमिल फिल्म निर्देशक केवी आनन्दको निधन

शुक्रबार, १७ वैशाख २०७८, १२ : ०५
शुक्रबार, १७ वैशाख २०७८

तमिल फिल्म निर्देशक तथा छायाँकार केवी आनन्दको निधन भएको छ । ५४ वर्षका आनन्दको ३० अप्रिलमा निधन भएको हो । चेन्नईमा रहेका आन्नदको निधनको कारण हृदयघात बताइएको छ । 

आनन्दले आफ्नो करियरको सुरुवात फोटो पत्रकारबाट गरेका थिए । उनले चर्चित छायाँकार पीसी श्रीरामसँग  गोपुरावसालिले, मीरा, देवर मगन, अमरान र थिरुदा थिरुदा जस्ता फिल्ममा सहयोगी छायाँकारको भुमिका निर्वाह गरेका थिए ।

१९९४मा उनले एक मलयालम फिल्ममा पनि काम गरेका थिए । जसको कारणले उनलाई राष्ट्रिय पुरस्कार समेत मिलेको थियो ।
आनन्दले २००५मा निर्देशनमा डेब्यु गरेका थिए । २००८ मा उनले आयान बनाएका थिए । एक्सन इन्टरटेनमेन्ट फिल्म सुपरहिट फिल्ममा सुर्या र तमन्नको मुख्य भूमिका रहेको थियो । आनन्दले मत्रराण, अनेगन, कवन और कप्पन जस्ता फिल्ममा समेत काम गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप