शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय दुग्ध विकास बोर्ड ३० औं वर्षमा

शुक्रबार, १७ वैशाख २०७८, ११ : ५५
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्ड ३० औं वर्षमा प्रवेश गरेको छ । २०४९ सालमा स्थापना भएको बोर्डले शुक्रबार २९ वर्ष पूरा गर्दै ३० औं वर्षमा प्रवेश गरेको हो । 

सो अवसरमा नेपाल डेरी एसोसिएसनले शुभकामना दिँदै कोभिड–१९ को प्रभाव समग्र डेरी क्षेत्रको विकास, विस्तार एवम् समस्या सहजीकरणमा विशेष भूमिका खेलिदिन बोर्डसँग आग्रह गरेको छ ।

शुक्रबार एक शुभकामना वक्तव्य जारी गर्दै एसोसिएसनले कोभिड–१९ का कारण डेरी क्षेत्रको अर्बौंको उत्पादन धुलो दूध र बटर गोदाममा थन्किएर बसेकाले चालु पुँजी अभाव भइ दैनिकी खर्च चलाउनै कठिन भएको अवस्थामा यस्तो समस्या सहजीकरणमा बोर्डको विशेष भूमिकाको अपेक्षा गरिएको बताएको छ । 

सो अवसरमा एसोसिएसनले यसअघि बोर्डले गरेको दुई महत्त्वपूर्ण कार्यको प्रशंसा गर्दै भनेको छ, ‘राष्ट्रिय दुग्ध विकास बोर्डले गरेका धेरै राम्रा कार्य मध्ये दुई महत्वपूर्ण कार्य ‘नो रिटर्न र दुध ढुवानी सवारी साधनमा प्रयोग हुने लोगो’ सदा सम्झन लायकका हुन् । आशा छ आगामी दिनमा अझ यी भन्दा पनि महत्वपूर्ण कार्यहरु हुनेमा आशावादी रहँदै राष्ट्रिय दुग्ध नीति तत्काल कार्यान्वयन गर्न समेत एसोसिएसन बोर्डसँग अनुरोध गर्दछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप