बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युनाइटेडको गोल वर्षा, आर्सनललाई झिनो आशा

शुक्रबार, १७ वैशाख २०७८, ११ : ५४
शुक्रबार, १७ वैशाख २०७८

ब्रुनो फर्नान्डेज र एडिन्सन कभानीले दुई–दुई गोल गर्दा म्यान्चेस्टर युनाइटेडले गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमामाथि गोल वर्षा गरेको छ । रोमाविरुद्ध ६–२ को जीत हासिल गर्दै युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

खेलको नवौँ मिनेटमा फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यसपछि एडिन जेकोले रोमालाई अग्रता दिलाए ।

दोस्रो हाफमा भने युनाइटेडले गोलको वर्षा गर्यो । शुरुवातमा नै कभानीले बराबरी गोल फर्काए भने उनले दोस्रो गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि फर्नान्डेजले युनाइटेडको अग्रता फराकिलो बनाए ।

७५ औँ मिनेटमा पाउल पोग्बाले युनाइटेडको पाँचौ गोल गरे । अन्त्यमा मेसन ग्रिनवुडले आधा दर्जन गोल पूरा गरे ।  

यसअघि १५ महिनामा ४ वटा सेमिफाइनल हारेको युनाइटेडले बिहीबार भने उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको थियो ।

उता, अर्को इङ्ग्लिस क्लब आर्सनल भने भिल्लेरियालसँग १–२ गोल अन्तरले पराजित भएको छ । दुवै टोली १० खेलाडीमा सिमित भएको खेलमा भिल्लेरियालले मानु ट्रिगुएरोसको गोलले अग्रता दिलाएको थियो । राउल आल्बियोलले भिल्लेरियालको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा निकोलास पेपेले पेनाल्टीबाट महत्त्वपूर्ण अवे गोल गर्दै दोस्रो लेगमा आर्सनललाई जीत आशा दिलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप