शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बैठक भत्तामा २ अर्ब सकियो, कोरोनाले भ्रमण खर्च जोगियो

शुक्रबार, १७ वैशाख २०७८, ११ : ४६
शुक्रबार, १७ वैशाख २०७८

सरकारले चालू आर्थिक वर्षको ९ महिनामा सरकारी कर्मचारीको पारिश्रमिक बापत ९१ अर्ब ९ करोड ९५ लाख रुपैयाँ बजेट खर्च गरेको छ । 

अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । 

पारिश्रमिककै लागि चालू वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो ।

सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । 

सरकारले पोशाकका लागि २ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ । यसका लागि चालू आर्थिक वर्षमा २ अर्ब १० करोड रुपैयाँ बजेट छुट्याएको थियो । १ अर्ब ४ करोड ७० लाख रुपैयाँ कर्मचारीको बैठक भत्तामा खर्च भएको छ । 

सरकारले बैठक भत्ताका लागि १ अर्ब ९० करोड रुपैयाँ बजेट छुट्याएको थियो । सवारी साधन मर्मतमा ९ अर्ब ७० करोड रुपैयाँ, मेसिनरी तथा औजार मर्मतका लागि १ अर्ब ६६ करोड २२ लाख रुपैयाँ, इन्धनका लागि २ करोड ८४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । सरकारले पत्रिका छपाइ तथा सूचना  प्रकाशनमा  १२ अर्ब ७ करोड खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

कोरोनाले भ्रमण खर्च न्यून
कोरोना माहामारीका कारण भ्रमण खर्च बापत सरकारी ढुकुटीबाट धेरै खर्च हुन पाएको छैन । सरकारी कर्मचारीहरु भ्रमणमा ठुलो रकम सिध्याएको भन्दै आलोचना हुने गरेपनि यस पटक भने ६ महिना सम्म कुनै खर्च भएको थिएन । 

बाँकी ३ महिनामा २२ करोड ५२ लाख ४७ हजार रुपैयाँ खर्च भएको हो । सरकारले चालू आवका लागि  १ अर्ब रुपैयाँ भ्रमण खर्च छुट्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप