शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

शुक्रबार, १७ वैशाख २०७८, २१ : ४०
शुक्रबार, १७ वैशाख २०७८


खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । 

यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । 

कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले रातोपाटीलाई बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले होम आइसोलेसनमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप