शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इजराइलः धार्मिक आयोजनाका बेला भागदौड, ३८ को मृत्यु

शुक्रबार, १७ वैशाख २०७८, १० : ५३
शुक्रबार, १७ वैशाख २०७८

इजराइलमा एक धार्मिक पर्वका बेला भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ । सरकारले हालसम्म आँकडा जारी नगरेपनि एक स्थानीय पत्रिकाका अनुसार कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

यो पर्व इजराइलमा कोरोना महामारी सुरु भएपछि भएको हालसम्मको सबैभन्दा ठूलो आयोजना थियो जसका लागि हज्जारौं मानिस जम्मा भएका थिए ।

इजराइली राष्ट्रपति बिन्यामिन नेतन्याहूले यो घटनालाई ‘ठूलो विपद्’ बताउँदै हताहतीमा ज्यान गुमाउनेका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

इजराइलको राष्ट्रिय आपतकालीन सेवा मेगेन डेविड एडम (एमडीए)ले मृतकको संख्या नबताइकनै मानिसहरुको मृत्यु भएको बताएको छ ।

तर स्थानीय पत्रिका हारेत्जले कम्तीमा ४४ जनाको मृत्यु भएको बताएको छ ।

के भयो ?

पूर्वोत्तर इजराइलमा माउन्ट मेरोन पहाड मुनी मेरोन शहरमा हरेक वर्ष हज्जारौं परम्परावादी यहूदी मानिसहरु लाग–बोमर नामको पर्व मनाउन जान्छन् ।

यो स्थानमा दोस्रो शताब्दीका यहूदी सन्त रब्बी शिमान बार योचाइको समाधिस्थल छ । यसलाई यहूदी जगतको सबैभन्दा ठूलो धामिर्क स्थल मानिन्छ ।

लाग बोमर पर्व मनाउँदै गर्दा त्यहाँ श्रद्धालु आगो बालेर प्रार्थना गर्छन् र नाच्ने गाउने गर्छन् ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण यो पर्व रद्द गरिएको थियो तर यसपटक इजराइलमा खोप उपलब्ध भएका कामरण यसको आयोजना गरिएको थियो ।

टाइम्स अफ इजराइलका अनुसार आयोजकले बिहिबार रातीको आयोजनामा एक लाख मानिसको सहभागिता रहेको र शुक्रबार पनि मानिसहरु आउने तयारीमा भएको जानकारी दिए ।

दुर्घटनाबारे सुरुवाती रिपोर्टमा त्यहाँको संरचना भत्किएको बताएपनि अधिकारीले पछि त्यहाँ भागदौड मच्चिएको भन्ने जानकारी दिए ।

प्रहरी स्रोतले पत्रिका हारेत्जलाई केही मानिसहरु सिँढीमा लडेको र त्यसैकारण धेरै मानिसहरु लड्नै गएका कारण भागदौड मच्चिएको जानकारी दिए ।

इन्टरनेटमा पोस्ट गरिएको भिडियोमा देखिए अनुसार यो आयोजनाका लागि हज्जारौं मानिसहरु जम्मा भएको देख्न सकिन्छ ।

एक रुढीवादी यहूदी वेबसाइटका संवाददाताले बीबीसीलाई दिएको जानकारीका अनुसार एक हजारभन्दा बढी मानिस एउटा निकै साँघुरो बाटोबाट एउटा सानो स्थानमा जाने कोसिस गरिरहेका छन् र उनीहरु एक–अर्कामाथि खस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप