शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले आजबाट कोराना अस्पतालको थप सेवा बिस्तार गर्दै

८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर रहने
शुक्रबार, १७ वैशाख २०७८, ०९ : २४
शुक्रबार, १७ वैशाख २०७८

प्रदेश १ सरकारले शुक्रबारबाट विराटनगरमा थप १ सय ४ बेडको कोराना अस्पताल संचालनको तयारी गर्ने भएको छ ।

प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि  विशिष्टिकृत सेवासहितको कोराना अस्पताल संचालन गर्न लागेको हो ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रको दोश्रो ब्लकमा  रहेको नागरिक केयर सेन्टरमा आवश्यक जनशक्तिको व्यवस्थापन सहित संक्रमितको उपचार शुरु गर्न लागिएको हो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केयर सेन्टरको अवलोकनपछि अस्पतालबाट सेवा  शुरु हुने सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्द कार्कीले जानकारी दिए । 

सचिव कार्कीले अस्पतालमा ८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर वेड तयारी अवस्थामा रहेको बताए ।  कोभिड १९ उपचार केन्द्रमा हाल गम्भिर खालका ३२ संक्रमित भर्ना गरी उपचार भईरहेको छ ।

कोभिड १९ उपचार केन्द्रमा  भेन्टिलेटर सहितको बेड अभाव भएपछि संक्रमित नीजि अस्पतालले संचालनमा ल्याएको कोभिड अस्पतालमा भर्ना हुने क्रम बढेसँगै नीजि अस्पतालमा संक्रमितको चाप बढेको छ।

साबिकका सञ्चालित ८० बेडको रहेपनि ३२ शैय्या मात्र भेन्टिलेटरसहितको सेवा रहेकाले थप नयाँ संक्रमित अस्पतालमा भर्ना लिन समस्या थियो ।

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते  नागरिक केयर सेन्टर सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोडको संयुक्त लगानी रहेको अस्पतालमा कोरोना उपचारका लागि तयार भएको थियो ।

प्रदेश सरकारद्धारा सञ्चालित कोभिड अस्पताल १ सय ७५ बेड क्षमताको भएको छ । 

प्रदेश सरकारले यसअघि सञ्चालन गरेको ८० सय शैयाको कोभिड–१९ उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र २० वटा अक्सिजन बेड मार्फत सेवा प्रवाह भईरहेको छ ।

प्रदेश १ मा १ हजार ९ सय  बढी सक्रिय संक्रमितहरु रहेका छन् । कोभिड अस्पतालमा बेड अभावका कारण अहिले पनि धेरै लक्षणसहितका संक्रमित पनि होम आइसोलेशनमा बस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप