शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी

शुक्रबार, १७ वैशाख २०७८, ०६ : २०
शुक्रबार, १७ वैशाख २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।

बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पोर्टल डब्ल्यूडब्ल्यूडब्ल्यू डट नेपालफूड डट जीओभी डट एनपी मार्फत चक्रपथ भित्र र डब्ल्यूडब्ल्यूडब्ल्यू डट सस्टोडिल डट कम मार्फत उपत्यकाका तीनवटै जिल्लाका उपभोक्ताको घरदैलोसम्म खाद्य सामग्री पुर्‍याउन थालिएको बताएको छ । 

कम्पनीसँग पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव हुने त्रासले अनावश्यक रूपमा खाद्यान्न सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरिएको छ । कम्पनीले बिहान र बेलुकाको समयमा कम्पनीका विक्री केन्द्रहरू नक्खु, रामशाहपथ, थापाथली र सूर्यविनायकबाट समेत खाद्य सामग्री विक्री गरिरहेको छ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप