हट्यो खुल्लामञ्चको बसपार्क
![हट्यो खुल्लामञ्चको बसपार्क](https://rpcdn.ratopati.com/media/albums/khulamanch_2_copy_zQeibCIkad_01knYkzgM2.jpg)
काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।
खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।
खुल्लामञ्चमा बसपार्क राखेर सार्वजनिक स्थानको दोहन गरेको भन्दै महानगरपालिका र सरकारको विरोध हुँदै आएको थियो । सार्वजनिक स्थान अभियान्ताहरूले ‘खुल्लामञ्च बचाऊ’ अभियानसमेत सञ्चालन गर्दै सरकारलाई दबाब दिँदै आएका थिए ।
गत हप्ता काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले खुल्लामञ्चमा भएको बसपार्क हटाउने निर्णय गरेका हुन् ।
यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
-
कसरी हुने स्वास्थ्य बिमामा आबद्ध ?
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा