शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोलकातामाथि दिल्लीको फराकिलो जित, जारी सिजनमा पृथ्वीले बनाए ‘फास्ट फिप्टी’

बिहीबार, १६ वैशाख २०७८, २३ : ३४
बिहीबार, १६ वैशाख २०७८

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्समाथि दिल्ली क्यापिटल्सले सात विकेटको जित हासिल गरेको छ । यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ ।

अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् ।

टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताले दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले तीन विकेटको क्षतिमा २१ बल बाँकी छँदै जित हासिल गरेको हो । पृथ्वी शाले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप