बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा १६५ शैयाको आइसोलेसन सञ्चालनको तयारी

बिहीबार, १६ वैशाख २०७८, २२ : २४
बिहीबार, १६ वैशाख २०७८

रौतहट । कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटमा १६५ शैया क्षमताको ३ आइसोलेसन केन्द्र सञ्चालनको तयारी थालिएको छ ।  जिल्लामा संक्रमितको संख्या एक सय नाघेको र संक्रमित सबैजना होम आइसोलेसनमै बसेकाले तत्काल व्यवस्थित आइसोलेसनको तयारी थालिएको हो ।

आइतवार सम्म तीनवटै आइसोलेसन सेन्टर सञ्चालनमा आउने रौतहटका सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् ।  चन्द्रनिगाहपुरमा ४० बेड, थरहरीमा १ सय बेड र गौरमा २५ बेड गरी ३ ओटा संस्थागत आइसोलेसन सेन्टर सञ्चालनमा आउने सिडिओ यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप