नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन रूस सकारात्मक
बिहीबार, १६ वैशाख २०७८, २१ : ५६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेका थिए ।
राजदूत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिन बारे पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
-
ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना पक्राउ
-
राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?