विप्लव समूहका नेता माइला लामा रिहा
बिहीबार, १६ वैशाख २०७८, २१ : २३

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन् ।
संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन् । अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन् ।
भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो । धरौटी नबुझाएर उनि जेलमा बसेका थिए ।
सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेता–कार्यकर्ता रिहा गर्ने सहमति भएको थियो । तर, पार्टीले नै धरौटी तिरेर लामालाई रिहा गराएको उनको मुद्दामा बहस गरेका अधिवक्ता एकराज भण्डारीले रातोपाटीलाई बताए ।
माइला विप्लव समूहको अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु