शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र

बिहीबार, १६ वैशाख २०७८, १९ : ५६
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएका छन् ।  ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।

यद्यपि, उनले लुम्बिनी प्रदेशमा जसपाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको स्पष्ट पार्दै यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइएको र त्यसैलाई मान्यता दिइने समेत स्पष्ट पारेका छन् । 

बिहीबार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयले प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो । चारैजना केही दिनअघि लुम्बिनी प्रदेश सरकारमा सामेल भएका थिए ।  

उनीहरुमाथि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्वाही गरेको जनाइएको छ । बाबुराम र उपेन्द्रको यो कदमपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आक्रोशित बनेका छन्। यो कदमले जसपा भित्रको विवाद झन् चर्किने संकेत देखिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप