लुम्बिनी प्रदेशका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र
काठमाडौं । जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएका छन् । ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।
यद्यपि, उनले लुम्बिनी प्रदेशमा जसपाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको स्पष्ट पार्दै यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइएको र त्यसैलाई मान्यता दिइने समेत स्पष्ट पारेका छन् ।
बिहीबार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयले प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो । चारैजना केही दिनअघि लुम्बिनी प्रदेश सरकारमा सामेल भएका थिए ।
उनीहरुमाथि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्वाही गरेको जनाइएको छ । बाबुराम र उपेन्द्रको यो कदमपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आक्रोशित बनेका छन्। यो कदमले जसपा भित्रको विवाद झन् चर्किने संकेत देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
-
प्रदेशको उत्पादनलाई प्रोत्साहन : कर्मचारीहरूलाई लगाउन थाले ढाकाको पोसाक
-
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्काे निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
