शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान

बिहीबार, १६ वैशाख २०७८, १८ : ५२
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसकेएल डिबेन्चर २०८७) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन ‘आईएसआईएन’) प्राप्त गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको बैंकले जनाएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ को आईएसआईएन प्रदान गरिएको छ । 

गत पुस २२ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आईएसआईएन ऋणपत्रलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ र फुकुवा गर्न प्रदान गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप