भारतमा रहेका नेपालीहरूका लागि हटलाइन टेलिफोन सेवा सुरु
लण्डन । गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ । भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको सुरुवात गरेको हो ।
कोरोना भाइरससम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेलमार्फत त्यहाँ रहेका चिकित्सकहरूसँग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ । हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए ।
सो सेवा सञ्चालन गर्नका लागि डा.अरुण पौडेल (नयाँ डिल्ली), डा. अविरल निधि (नयाँ डिल्ली), डा. सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो । कोरोना भाइरसको संक्रमण कारण हालसम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता