बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको जङ्गलमा एक पुरूष मृत फेला

बिहीबार, १६ वैशाख २०७८, १७ : ४७
बिहीबार, १६ वैशाख २०७८

बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  शितगंगा नगरपालिका १३  देउरालीको जङ्गलमा सोही नगरपालिका ४ का ६१ वर्षीय दुर्गा बहादुर विक मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घरबाट हराएको एक महिनापछि विक जङ्गलमा मृत फेला परेका हुन् ।

विकको शव गोठालाले देखेपछि इलाका प्रहरी कार्यालय ठाडामा खबर गरेका थिए । सबलाई पोष्टमार्टमका लागि सदरमुकाम सन्धिखर्क जिल्ला अस्पताल पठाइएको छ । शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । पाँच वर्षअघि भारतबाट आएका उनी भान्जा इन्द्रबहादुर विकको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप