नीजि अस्पतालले चलाएको कोभिड अस्पतालको उपचार खर्च सरकारले ब्यहोर्ने

विराटनगर । नीजि अस्पतालले चलाएको छुट्टै कोभिड अस्पतालको उपचारको व्यय भार अब सरकारले व्यहोर्ने भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्वास्थ्य मन्त्रालयबीच उक्त सम्झौता भएको हो सम्झौताअनुसार आजबाट नोबेलले चलाएको कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमितको उपचारको व्ययभार सरकारले व्यहोर्ने भएको हो ।
अस्पतालका अध्यक्ष डा. सुनील शर्माले स्वास्थ्य मन्त्रालय र नोवेलबीच बिहिबार कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको उपचार अस्पतालले निःशुल्क गर्ने बताए । उनले अस्पताल भर्ना भएका संक्रमितको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने सहमति भएको पनि रातोपाटीलाई बताए ।
अस्पतालका प्रबन्धक नारायण दाहालले हाल अस्पतालको कोभिड अस्पतालमा १७ जना संक्रमित भर्ना भई उपचाररत रहेको बताए । उनले केही दिनयता कोरोना संक्रमण भएर गम्भीर खालका स्वास्थ्य समस्या भएका बिरामीहरु अस्पताल आउने क्रम बढेको पनि जानकारी दिए।
अस्पतालले कुल १५० बेडको छुट्टै कोरोना युनिट सञ्चालनमा ल्याएको थियो। जसमा हाल भेन्टिलेटरसहितको २६ बेडको कोभिड युनिट सञ्चालनमा रहे पनि बिरामीको संख्यामा हुने वृद्धिसँगै बेड संख्या पनि क्रमिक रुपमा बृद्धि गर्दै लैजाने तयारी रहेको प्रबन्धक दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने