शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाका ६९  विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

बिहीबार, १६ वैशाख २०७८, १७ : १४
बिहीबार, १६ वैशाख २०७८

दोलखा । दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागू  भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएका जिल्लाका  ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो । छनोटमा परेका विद्यालयमा सैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, बिगु र तामाकोशीका नौ–नौ, बैतेश्वर गाउँपालिकाका छ तथा गौरीशङ्कर र कालिन्चोक गाउँपालिका एवं जिरी नगरपालिकाका  पाँच पाँच विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ । 

छनोट भएका विद्यालयको कार्यक्रम सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने र  सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा बजेट निकासा गर्ने शिक्षा विभागले जनाएको छ । यसरी शैक्षिक सुधार लागू भएका विद्यालयमा कक्षाकोठा निर्माण तथा  सुधार, खानेपानी, पुस्तकालय, कम्प्युटर, शौचालय, विज्ञान प्रयोगशाला र अन्य विषय समाविष्ट हुने  जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका मन्दिरा काफ्लेले बताइन् ।

विसं २०७२ को भूकम्पका कारण जिल्लाका सामुदायिक तथा अन्य गरी ३४७  विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये केही निर्माणाधीन तथा धेरैजसो  भवन निर्माण सम्पन्न भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप