७४ वर्षका रणधीर कपुर अस्पताल भर्ना, भाइ राजिवको सम्पत्तिको विवादका कारण पनि चर्चामा छ कपुर परिवार
बलिउड अभिनेता रणधीर कपुरलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । स्रोतका अनुसार ७४ वर्षका रणधीर कोरोनाभाइरसद्वारा संक्रमित छन् । उनको स्थितिबारे खासै केही जानकारी छैन । कपुर परिवार आजकाल दिवंगत राजीव कपुर (रणधीरका कान्छा भाइ) को सम्पत्त विवादको विषयमा पनि चर्चामा छ । वास्तवमा, सम्बन्धविच्छेद भइसकेका राजिवको कुनै सन्तान छैन र उनको सम्पत्तिको विवाद अदालतमा छ । सोमबार बम्बे हाइकोर्टले रणधीर कपुर र रिमा जैनसँग अन्डरटेकिङ मागे जसमा उनले राजीवको डिभोर्स डिक्री खोजेर उपलब्ध गराइदिन भनेका छन् ।
करिना–करिश्माका पिता हुन् रणधीरः
रणधीर कपुर बलिउड नायिका करिश्मा कपुर र करिना कपुरका पिता हुन् । रणधीरले बलिउड अभिनेत्री बबितासँग सन् १९७१ मा विवाह गरेका थिए । पछि यी दुईको कुरा मिल्न सकेन र उनीहरु अलग बस्न थाले । यद्यपि, उनीहरुको हालसम्म सम्बन्धविच्छेद भने भएको छैन ।
१६ महिनामा तीन भाइ बहिनी गुमाएः
शोम्यानको नामले चर्चित राजकपुरका पाँच सन्तामध्ये तीनको निधन पछिल्लो १६ महिनामा भइसकेको छ । तीन दाजुभाइमध्ये रणधीर मात्रै बाँकी छन् । उनका माहिलो भाइ ऋषि कपुरको निधन सन् २०२० मा अप्रिल ३० मा भएको थियो । ९ फेब्रुअरी २०२१ मा हृदयघातका कारण कान्छा भाइ राजीवको निधन भएको थियो । बहिनीहरुको कुरा गर्दा रिमा जैन मात्रै बाँकी छिन् । एक बहिनी रितु नन्दाको निधन १४ जनवरी २०२० मा दिल्लीमा भएको थियो । उनी क्यान्सरद्वारा पीडित थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ