बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

तीन महिनामा झन्डै साढे १२ अर्ब वैदेशिक सहायता प्रतिबद्धता

बिहीबार, १६ वैशाख २०७८, १६ : ००
बिहीबार, १६ वैशाख २०७८

नेपालले तीन महिनाको अवधिमा झन्डै साढे १२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अनुदान सहायता १ अर्ब ६४ करोड ६६ लाख  र ऋण सहायता १० अर्ब ८२ करोड ३१ लाख रुपैयाँ  गरी १२ अर्ब ४६ करोड  ९७ लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

 नेपाल सरकार र विश्व बैंकबीच समृद्धिका लागि वन आयोजनाका लागि ७० करोड ६१ लाख अनुदान सहायता र २ अर्ब ७ करोड २१ लाख ऋण सहायता प्राप्त भएको हो । यस्तै नेपाल सरकार र जर्मन सरकार बिच ८२ करोड ४९ लाख अनुदान सहायता प्राप्त भएको छ । 

यता सरकारले चैत मसान्तसम्म २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा चैत मसान्तसम्म १ खर्ब ५२ अर्ब ५१ करोड ५३ लाख उठाएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप